PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

अमेरिकी सहायकमन्त्रीलाई विप्लवका कार्यकर्ताले देखाए कालो झण्डा

अमेरिकी सहायकमन्त्रीलाई विप्लवका कार्यकर्ताले देखाए कालो झण्डा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  बिहीवार साँझ काठमाडौंमा उत्रिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

लु विमानस्थलबाट बाहिरिएको केही बेरमा विप्लवका कार्यकर्ताले तिलगंगा नजिकै कालो झण्डा प्रदर्शन गरेका हुन्। 'अन्तर्राष्ट्रिय हस्तक्षेप रोक' लेखिएको प्लेकार्ड बोक्दै उनीहरुले प्रदर्शन गरेका थिए।

पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आइपुगेका हुन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला ब्युरोका सहायक मन्त्रीको नेपाल भ्रमणलाई नेपालस्थित अमेरिकी दूतावासले नियमित भनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell