PahiloPost

Oct 18, 2025 | २ कात्तिक २०८२

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित



पहिलोपोस्ट

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो।

विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’

त्यसैगरी, बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell