PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतीय राजदूतबिच शिष्टाचार भेटवार्ता



पहिलोपोस्ट

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतीय राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्।

वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ। भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ।

भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell