PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै खगेन्द्रको 'पानीफोटो'



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै खगेन्द्रको 'पानीफोटो'

काठमाडौं : आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘पानीफोटो’, विदेशीतर्फ बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ र दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ रिलिज भएका हुन्।

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा 'डेब्यू' गरेको फिल्म ‘पानीफोटो’ले सिनेमा घरमा प्रदर्शनमा आएको छ। सो फिल्मले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा समेटेको छ।

आफूले नै लेखेको नाटकलाई खगेन्द्रले फिल्म बनाएका हुन्। गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित भएर यो फिल्म बनेको हो। फिल्ममा खगेन्द्रका साथै अनुप बराल, मेनुका  प्रधान र मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, लगायतका कलाकारहरूको अभिनय छ।

आजबाट बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ पनि प्रदर्शनमा आएको छ। यो फिल्म सन् २०११ मा रिलिज भएको श्रद्धा कपुर र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘एक भिलेन’ को  सिक्वेल फिल्म हो। बालाजी मोशन पिक्चर्स र टी-सिरिजको निर्माण रहेको यस फिल्ममा मोहित सुरीको निर्देशन छ। यस फिल्ममा दिशा पटानी, अर्जुन कपुर, जोन अब्राहम र तारा सुतारिया लगायतका कलाकारहरुको अभिनय रहेको छ।

त्यसैगरि, दक्षिण भारतीय थ्रि डी फिल्म ‘विक्रान्त रोना’ समेत  रिलिज भएको छ। अनुप भण्डारी निर्देशित यस फिल्ममा किच्चा सुदीप, ज्याकलीन फर्नाडिस र निरूप भण्डारीको मुख्य भुमिका रहेको छ। जी स्टुडिओ र किच्चा क्रिएसन्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा निर्देशक भण्डारीले नै लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell