काठमाडौं : आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको र प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ।
आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ् सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज बिहानदेखि प्रदेश १ को झापा, शनिश्चरे, चन्द्रगढी, केचना र इलामका साथै झापाको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जसकारण मेची विरिङ,निन्दा,अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम हुनसक्ने भन्दै महाशाखानले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।