PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

झापामा लागुऔषधसहित दुईजना भारतीय पक्राउ



पहिलोपोस्ट

झापामा लागुऔषधसहित दुईजना भारतीय पक्राउ

झापा : मेचीनगर नगरपालिका-६ मेची पुलबाट प्रहरीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिहीवार दुवैजनालाई पक्राउ गरेको हो।

प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ। दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell