PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुवाको हत्या



पहिलोपोस्ट

बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुवाको हत्या
प्रतिकात्मक तस्विर

काठमाडौं : बैतडीमा बञ्चरो प्रहार गरि आज बिहान छोराले बुवाको हत्या गरेका छन । डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।

बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। उनले भने, ‘मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।’

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell