PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु



पहिलोपोस्ट

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका थिए। उनको अनुहारमा चोट लागेको थियो। मोटरसाइकल पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो।

दुर्घटनापछि दुवैजनालाई अस्पताल लगिएको थियो। हमालको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell