काठमाडौं: पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एउटा शुक्रबार विहान उडेको ६ मिनेटमै फर्काइएको छ। कलसाइन नाइन एन एएनजीको एटीआर-७२ जहाजको बाँया इन्जिनको इन्डिकेटरमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काएर जाँच भइरहेको एयरलाइन्सले जनाएको छ।
८:५४ मा उडेको उडेको जहाज ९ बजे फर्काइएको हो। ४५ जना यात्रुलाई अर्को जहाजमा पठाउने व्यवस्था गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
'यो सबैजसो एयरलाइन्सका जहाजमा भइरहने सामान्य समस्या हो। चेक भइसक्यो,' उनले भने, 'पाइलटले सुरक्षाका कारण फर्काएर पोखरा नै अवतरण गराएपछि प्राविधिक टोलीले जाँच गरेको छ।'
जहाजहरुमा बेला बेलामा इन्डिकेटर नबल्ने समस्यालाई सामान्यरुपमा लिएर मर्मत हुने गरेको उनले बताए। 'जहाज फर्काएर ल्याउनु हवाई सेफ्टीका लागि हो, यो हल्ला भइरहेजस्तो गम्भीर समस्या होइन,' उनले भने।