PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पदाधिकारीबारे अनिर्णित माओवादी केन्द्र, प्रचण्डको जापान भ्रमणका कारण सारियो प्रदेश बैठक



पहिलोपोस्ट

पदाधिकारीबारे अनिर्णित माओवादी केन्द्र, प्रचण्डको जापान भ्रमणका कारण सारियो प्रदेश बैठक
माओवादी स्थायी कमिटी बैठक। फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक पदाधिकारी छान्नेबारेमा फेरि पनि अनिर्णित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल बाहेकका पदाधिकारी चयन माओवादीले गर्न सकेको छैन।

असारमा बसेको माओवादी केन्द्रको बैठकमा पदाधिकारी चयन गर्ने गृहकार्य भए पनि प्रचण्डले केहि समय दिन केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए। त्यतिबेला पोलिटब्युरो १२५ जनाको गठन भएको थियो। प्रचण्डले प्रस्तुत गरेको सूचीमा असार २३ गते विवाद भएपछि उनले ३१ जना वैकल्पिक पोलिटब्युरो रहने बताएका थिए। ४१ जनाको स्थायी कमिटी रहने बैठकमा त्यतिबेला प्रस्ताव भएको भए पनि गठन भने हुन सकेन। 

शुक्रवार बसेको पूर्व स्थायी कमिटीको बैठकले प्रचण्डले जापानमा गर्ने भ्रमणका कारण प्रदेश बैठकहरुको समय सारिएको माओवादीका नेता हरिबोल गजुरेलले जानकारी दिए। शुक्रवारको बैठकमा पदाधिकारी चयनबारे छलफल हुन सकेन।

'पदाधिकारी बारे छलफल भएन। प्रदेश बैठकको तालिका हेरफेर भएको छ,'उनले भने।

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्ने तय भएको छ। यस्तै आजको बैठकमा अब पार्टीमा तर्फबाटको अर्थमन्त्री हुने भन्नेबारेमा पनि तय नभएको गजुरेलले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell