PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

साउन २० गतेदेखि पुनः प्रदर्शन हुँदैछ फिल्म ‘चपली हाइट ३’



पहिलोपोस्ट

साउन २० गतेदेखि पुनः प्रदर्शन हुँदैछ फिल्म ‘चपली हाइट ३’

काठमाडौं : फिल्म ‘चपली हाइट ३’ पुन: प्रदर्शन हुने भएको छ। यो फिल्म साउन २० गतेदेखि फेरि रिलिज हुन लागेको हो।

कोरोनाको ओम्रोक्रन भेरियन्टका त्रासबिच यो फिल्म गत पुस ३० गते रिलिज भएको थियो। तर, रिलिज भएको तेस्रो दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेसँगै प्रदर्शन रोकिएको थियो। फागुन १ गतेदेखि पुनः नेपाली सिनेमाहलका ढोका खुलेसँगै ‘चपली हाइट ३’ले फेरि मौका पाएपनि दर्शक भने तान्न सकेन।

प्रदर्शन भइरहेका बेला कोरोनाका कारण रोकिएकाले फेरि रिलिज गर्न लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए। हलहरूले आफ्नो फिल्मलाई शो उपलब्ध गराउने उनले आशा व्यक्त गरे।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell