PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

सभामुखलाई बुझाएपछि प्रतिनिधि सभामा अर्थमन्त्री शर्मामाथिको प्रतिवेदन पेश हुने



पहिलोपोस्ट

सभामुखलाई बुझाएपछि प्रतिनिधि सभामा अर्थमन्त्री शर्मामाथिको प्रतिवेदन पेश हुने

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय छानविन विशेष समितिले बुझाउने प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ। दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापोटालाई प्रतिवेदन बुझाउने र लगतै संसदमा पेश हुने तय भएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

'करिब ३ बजेतिर सभामुखलाई बुझाउने कुरा छ। त्यसलगतै आजको बैठकमा पेश हुन्छ,' उनले भने। 

जेठ २२ गते पूर्व अर्थमन्त्री शर्मामाथि छानबिनका लागि समिति बनेको थियो। शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लागेको थियो। उक्त आरोपबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएपछि समिति बनेको थियो। समिति बने लगतै शर्माले पदबाट राजीनामा दिएका थिए। 

समितिले २३ दिन लगाएर छानबिन गरे पनि आरोपबारे यथेष्ट प्रमाण भेटाउन सकेको छैन। जसमा एमालेका तर्फबाट सदस्य रहेका सांसदहरुले फरक मत राखेका छन्। मन्त्रालयको सिसिटिभी फुटेज रिकभरका लागि प्रहरीको सहयात लिए पनि समितिले प्रमाण भेटाउन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell