PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

परराष्ट्र मन्त्रीलाई सांसदको प्रश्न : अमेरिकी सहायकमन्त्री किन आए? नेपाली सेना प्रमुख अष्ट्रेलिया किन गए?



पहिलोपोस्ट

परराष्ट्र मन्त्रीलाई सांसदको प्रश्न : अमेरिकी सहायकमन्त्री किन आए? नेपाली सेना प्रमुख अष्ट्रेलिया किन गए?

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यतिबेला नेपालमा छन्। आजै उनले परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै छन्। 

सरकारले साउन ९ गते अमेरिकालाई कुटनीतिक माध्यममार्फत पत्र पठाएर एसपीपीमा सहभागी नहुने जानकारी गराएपछि साता नपुग्दै अमेरिकी उच्च अधिकारीले नेपाल भ्रमण गरे। 

प्रतिनिधि सभामा परराष्ट्र मन्त्री डाक्टर खड्काले एसपीपीलाई अगाडि नबढाउने निर्णय अमेरिकालाई पत्राचार गरिएको जानकारी गराए। तर, सांसदहरुले 'एसपीपीको गाँठो' फुकाउन अमेरिकी अधिकारी आएको भन्दै त्यसको व्यहोरा पनि जानकारी दिए। 

सदनको बैठकमा संसदको अन्तर्राष्ट्रिय समितिकी सभापतिसमेत रहेकी पवित्रा निरौलाले अमेरिकालाई पठाएको पत्रको छायाप्रति उपलब्ध गराउन माग गरिन्। 

उनले एसपीपीसँग जोडिएको इन्डो-प्यासिफिक स्ट्राटेजीको अन्तर्गत अष्ट्रेलियामा सेनाप्रमुखहरुको बैठकमा नेपाली सेनाप्रमुख गएको प्रति प्रश्न गरिन्। 'आईपीएसमा सहभागी नभएको नेपालका सेना प्रमुख आइपीएसका सदस्य राष्ट्रहरुको सेनाप्रमुखको सम्मेलनमा सरकारले किन पठायो?,' उनले भनिन्। 

त्यस्तै सांसद विन्दा पाण्डेले अहिले अमेरिकालाई पठाएको पत्र एसपीपीसँग सम्बन्धी सुरुदेखिका पत्राचार र निर्णय सार्वजनिक गर्न माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell