PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रहरी हिरासतमै रहेकी महिलालाई बलात्कार गरेको अभियोगमा असई पक्राउ



पहिलोपोस्ट

प्रहरी हिरासतमै रहेकी महिलालाई बलात्कार गरेको अभियोगमा असई पक्राउ

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेकी एक महिलालाई हिरासतबाट निकालेर आफ्नो कोठामा लगी बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार चौलागाईंले ती महिलालाई मुद्दाबारे सोधपुछ गर्नु छ भन्दै शुक्रवार राति २ बजेतिर हिरासतबाट निकालेर आफ्नो कोठामा लगेको खुलेको छ। हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन्।

चौलागाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell