PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ बाट, पाँच विधामा प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ बाट, पाँच विधामा प्रतिस्पर्धा हुने

काठमाडौं: चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ गतेबाट २१ गतेसम्म हुने भएको छ। स्वाक्वास संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो।

यस संस्करणमा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर बोइज ओपन तथा प्लेट गरी ५ विधामा खेलहरु समावेश गरिएको छ। यस प्रतियोगितामा १०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ। यस प्रतियोगितामा प्रायोजक संस्थाबाट १ लाख ३५ हजार नगद पुरस्कार रकम छुट्याएको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश २५ हजार, १५ हजार र ९ हजार प्राप्त गर्नेछन् भने महिलातर्फ १८ हजार,११ हजार र ७ हजार प्राप्त गर्नेछन्। त्यस्तै जुनियरतर्फ १०हजार, ६ हजार र ४ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell