A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.68c30426034670.49896829): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.68c30426034670.49896829,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण
PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

बुटवल : लुम्बिनी प्रदेशसभामा गठीत विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। शुक्रवार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन्। प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए।

प्रदेशसभाको महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का विष्णु पन्थी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकै जाल्पा भुसाल, सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम र अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell