PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता



पहिलोपोस्ट

मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता

बलिउड अभिनेत्री  तनुश्री दत्ताले आफूलाई केही भए त्यसको जिम्मेवार अभिनेता नाना पाटेकर र बलिउड माफियाको हुने बताएकी छिन्। इनस्टाग्राममा उनले आफूलाई केही भए त्यसको जिम्मेवार पाटेकरसँगै उनका वकिल र बलिउड माफिया हुने बताएकी हुन्।

तनुश्रीले बलिउड माफिया को हुन् भन्दै उत्तर समेत दिएकी छिन्। ‘तिनै व्यक्तिहरु जसको नाम सुशान्त राजपुतको मृत्यु प्रकरणमा जोडिएको छ (उनीहरु सबैजनाको क्रिमिनल लयर एकै व्यक्ति हुन्),’ उनले लेखेकी छिन्।

सन् २०१८ मा तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध ‘मिटू’ अभियान अन्तर्गत आरोप लगाउँदै प्रहरीमा उजुरी गरेकी थिइन्। उनले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्।

तर, मुम्बई प्रहरीले बलिउड अभिनेता पाटेकरलाई सफाइ दिएको थियो।। प्रहरीले उनीविरुद्ध कुनै प्रमाण नभेटिएका कारण क्लिन चिट दिएको बताइएको थियो। पाटेकरसँगै फिल्मका कोरियोग्राफर गणेश आचार्य, निर्माता समीर सिद्दीकी, निर्देशक राकेश साराङ विरुद्ध पनि तन्नुश्री बोल्दै आएकी थिइन्। त्यसपछि उनी अमेरिका पुगेकी थिइन्। र, कानुनी लडाइँ जारी राख्ने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell