PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहानपख जब केबलकारमा सररर पुगिन्छ चन्द्रागिरि...

बिहानपख जब केबलकारमा सररर पुगिन्छ चन्द्रागिरि...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शहरको व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरु काठमाडौं उपत्यका नजिकाका रमणीयस्थलहरुको खोजीमा छन्। डाँडामा हाइकिङदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरु। विगतमा ओझेलमा परेको चन्द्रागिरि क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ। केबलकार सञ्चालनपछि आन्तरिक पर्यटकको संख्या बढेको छ।

पहिला हिँडेर जानुपर्ने चन्द्रागिरिमा अहिले केबलकारले पुग्ने भएपछि विदाको दिन यहाँ मानिसहरुको घुइँचो लाग्ने गरो छ। पर्यटकलाई आकर्षित गर्न यहाँ रिसोर्टदेखि जिपलाईन र नयाँ नयाँ खेलको व्यवस्था गरिएको छ।

विगत केही वर्षदेखि राजधानीबासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरि विकासित हुँदै गएको छ। अहिले मनसुनको समयमा पनि केबलकार चढ्न मानिसहरु चन्द्रागिरि पुग्ने गरेका छन्। विशेषगरि बिहानको समयको मौसममा केबलकारबाट देखिने दृश्यको आनन्द छुट्टै हुने त्यहाँ पुगेका पर्यटक बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell