PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

रसुवामा सम्बन्धविच्छेद गराउनेको संख्या २० प्रतिशतले बढ्यो



पहिलोपोस्ट

रसुवामा सम्बन्धविच्छेद गराउनेको संख्या २० प्रतिशतले बढ्यो

काठमाडौं : हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ। रसुवा जिल्ला अदालतमा गत आर्थिक वर्षमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन्।

विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए। गत आर्थिक वर्षमा यो सङ्ख्या बढेर ३५ पुगेको छ। विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्वि भएको रसुवा जिल्ला अदालतले जनाएको छ।

यस्तै, जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए। विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फछ्र्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell