PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

सञ्जय घिमिरेको 'पात्रहरु' सार्वजनिक



पहिलोपोस्ट

सञ्जय घिमिरेको 'पात्रहरु' सार्वजनिक

काठमाडौं : सञ्जय घिमिरेको गैर आख्यान कृति पात्रहरु सार्वजनिक भएको छ। लामो समय नेपालमा पत्रकारिता गरेका घिमिरेको पहिलो कृतिलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

अमेरिकामा बस्दै आएका सञ्जयको पुस्तक आज उनकी आमा झलकमाया घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय विष्णु निष्ठुरी र धर्मेन्द्र झाले लोकापर्ण गरेका हुन्।

निष्ठुरी र झाले सञ्जयको व्यक्तित्वमाथि प्रकाश पारेका थिए। पत्रकार देवन्द्र भट्टराईले सञ्जयसँग काम गरेका सन्दर्भहरु सुनाएका थिए। उनले जोडेका सन्दर्भलाई निष्णुरी, झा, गोविन्द लुइटेल र प्रतीक प्रधानले थप व्याख्या गरेका थिए।

आफ्नो जीवनका विभिन्न मोडमाथि शब्दमार्फत फरक शैलीमा घिमिरेले उतारेका छन्। गाउँदेखि काठमाडौं हुँदै अमेरिकासम्मको जीवनका आयमहरुलाई उनले पुस्तकमार्फत उतारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell