PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

स्वर्गद्वारीमा तीर्थयात्री सवार जिप दुर्घटना : एक जनाको मुत्यु, १५ जना घाइते



पहिलोपोस्ट

स्वर्गद्वारीमा तीर्थयात्री सवार जिप दुर्घटना : एक जनाको मुत्यु, १५ जना घाइते

बुटवल : प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिवार दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ पोलबानमा रुपन्देहीबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका तीर्थयात्री सवार लु ३ च ३५३ नम्बररको जिप दुर्घटना भएको हो।

दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी सहायक निरीक्षक (असई) हस्ते घर्तीले जानकारी दिए। १७ जना सवार जिप मन्दिर दर्शन गरी फर्किने क्रममा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको छ।

प्रहरीले जिप चालक रुपन्देहीको मायादेवी गाउँपालिका ७ का भूमबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ। घाइते हुनेहरुमा मायादेवी गाउँपालिका-७ का ४२ वर्षीय विनोद कुहार, सिदार्थनगर नगरपालिका-४ की ४० वर्षीया उर्मिला कुहार, १५ वर्षीय चन्दन कुहार, मायादेवी गाउँपालिका-४ की ४० वर्षीया आशा थारु, सिदार्थनगर नगरपालिका-६ का धुव्रनारायण कर्षा, मायादेवी गाउँपालिका-३ का प्रलाद थारु, ५५ वर्षीया किसदी थारु ६३ वर्षीय रुदल चौधरी, ५० वर्षीया मागरी थारु रहेका छन्।

त्यस्तै, सिदार्थनगर नगरपालिका-६ की ६० वर्षीया पुष्पा मालि, ५२ वर्षीयासरोज मालि, मायादेवी गाउँपालिका-७ की ७३ वर्षीया कलवारी कुहार, ७५ वर्षीया प्राग कुहार, मायादेवी गाउँपालिका ६ की संगिता कुहार, सिदार्थनगर नगरपालिका ६ की ६० वर्षीया उर्मिला बर्मा रहेका छन्।

प्रहरीका अनुसार तीर्थयात्रीहरु रुपन्देहीबाट जिप रिजर्ब गरेर शुक्रवार तीर्थयात्राका लागि स्वर्गद्वारी गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell