PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

हजारीमल धर्मशालाको स्वामित्व विवाद पुनः चुलिँदै, महानगरले ताला फुटाएपछि अदालतको अन्तरिम आदेश



राधेश्याम पटेल

हजारीमल धर्मशालाको स्वामित्व विवाद पुनः चुलिँदै, महानगरले ताला फुटाएपछि अदालतको अन्तरिम आदेश

वीरगंजः वीरगंजको हजारीमल धर्मशालाको जग्गाको स्वामित्व विवाद पुनः सुरु भएको छ। विवाद आन्तरिक रुपमा समाधान नभएपछि अदालतसम्म पुगेको छ। हजारीमल सेवा ट्रष्ट र वीरगंज महानगरबीच स्वामित्व विवाद चल्दै आएको छ।

दुई वर्षदेखि साम्य भएको विवाद पुनः अहिले चर्किएको हो। केही दिनअघि नाला सफाइ गर्न महानगरले धर्मशालाको ताला फोडेपछि विवाद बढेको हो। महानगरको कदमविरुद्ध ट्रष्टका पदाधिकारीले साउन १० गते उच्च अदालत जनकपुरको वीरगंज इजलासमा निवेदन दिएका थिए। न्यायाधीश सीताराम मण्डलको इजलासले विवादमा निवेदककफ पक्षमा अन्तरिम आदेश जारी गरेको छ।

अदालतको आदेशसँगै जग्गाको गेटमा पुनः तालाबन्दी गरिएको छ। तर, महानगरले शुक्रबार पुनः ताला फोडेको छ।

विवादमा सुरुमा नेपाली कांग्रेस पर्साले चासो देखाएको थियो। पछि कांग्रेस घटनाबाट अलग्गियो। त्यसपछि हालका नगरप्रमुख राजेशमान सिंहले धर्मशालाको वैधानिकतामाथि प्रश्न चिह्न उठाएका थिए। त्यतिबेला नगरप्रमुख विजय सरावगी थिए। अहिले सिंह आफैँ नगरप्रमुख छन्। तर गेटको ताला फोड्नेबाहेक ट्रष्टलाई सार्वजनिक गर्ने सम्बन्धमा पहल गरेका छैनन्।

धर्मशालाप्रतिको वीरगंजबासीको चासो

आर्दशनगरस्थित धर्मशालालाई रक्सौल निवासी हजारीमलले बनाएका थिए। उनी त्यतिबेला दानवीर व्यक्तित्वको रूपमा स्थापित थिए। उनले वीरगंज, रक्सौललगायत अन्य क्षेत्रमा योगदान गरेका छन्। उनका वंशजहरू अहिले आएर ट्रष्ट्रको माध्यमबाट जग्गामा आफ्नो आधिकारिकता खोज्दैछन्। हजारीमलकै सन्तति हुन रक्सौलका व्यवसायी महेश अग्रवाल। मधेश आन्दोलन र नाकाबन्दीको बेला उनले मितेरी पुल छेउमा भोज भतेर गरी आन्दोलनलाई सघाएका थिए। अहिले उनले नै उक्त जग्गा ट्रष्टको हो भनी संरक्षणमा जुटेको दावी गर्छन्। ‘हामीले ट्रष्टको माध्यमले त्यहाँ अस्पताल बनाउन खोजेका छौँ,’ उनले भने।

आदर्शनगरको राणीसती मन्दिर अगाडिको साढे ५ कठ्ठा जग्गामा अन्य तीनजना समूहले पनि आफ्नो हकभोग रहेको दाबी गरेका छन्। तर उनीहरू सक्रिय छैनन्।

जिल्ला प्रशासन कार्यालय, पर्सामा ट्रष्ट दर्ता गरिएको छ तर त्यसको पुरानो कुनै तथ्याङ्क छैन। विवाद चर्केपछि ट्रष्ट नवीकरण भएको दाबी गरिएको छ। भारतीय नागरिकलाई सदस्य राख्न नपाउने प्रावधान रहे पनि ट्रष्टमा भारतीय नागरिक राखिएको एक पक्षको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69950ba7a78d29.14330029): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69950ba7a78d29.14330029,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69950ba7a7cce1.41685300): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69950ba7a7cce1.41685300,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69950ba7ab1387.89975300): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69950ba7ab1387.89975300,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293