PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित
Photo: Manchester United

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडटसँग पराजित भएको छ। नर्वेमा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेलमा युनाइेड एट्लेटिकोसँग १-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआओ फिलिक्सले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा टोली पुनरागमन गर्न असफल रह्यो।

त्यस्तै आजै सम्पन्न अन्य मैत्रीपूर्ण खेलहरुमा भिल्लारियलले साउथह्याम्टनलाई २-१ गोलअन्तरले हराउँदा बर्नेमाउथ रियल सोसिडाडसँग समान २-१ गोलअन्तरले पराजित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell