PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि



पहिलोपोस्ट

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि
Photo: Liverpool FC

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको उपाधि जितेको हो।

खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको सिटीलाई ७० औं मिनेटमा जुलिअन अल्भारेसले गोल गर्दै बराबरीमा ल्याए। तर ८३ औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मोहम्मद सलाहले पुन: अग्रता दिलाए। पेनाल्टी क्षेत्रभित्र सिटीका रुबेन डायजको हेण्डबलपछि लिभरपुलले पेनाल्टी पाएको थियो। खेलको ५९ औं मिनेटमा मैदान प्रवेश गरेका डार्विन नुनेजले इन्ज्युरी समयमा उत्कृष्ट गोल थप्दा लिभरपुलले ३-१ गोलको सहज जित निकाल्न सफल भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell