PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लाइप्जिगलाई हराउँदै बार्यनले जित्यो सुपरकपको उपाधि



पहिलोपोस्ट

लाइप्जिगलाई हराउँदै बार्यनले जित्यो सुपरकपको उपाधि
Photo: FC Bayern Munich

बार्यन म्युनिखले आरबी लाइप्जिगलाई हराउँदै डीएफएल जर्मन सुपर कपको उपाधि जितेको छ। रेड बुल एरेना लाइप्जिगमा गएराति सम्पन्न खेलमा बार्यनले लाइप्जिगमाथि ५-३ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो। जर्मन सुपर कपमा बुण्डेसलिगको च्याम्पियन र डीएफबी पोकलको च्याम्पियनले प्रतिस्पर्धा गर्छन्।

खेलको १४ औं मिनेटमा जमल मुसिआलाको गोलमा अग्रता बनाएको बार्यनका लागि दोस्रो गोल यसै सिजन प्रिमियर लिगबाट जर्मनी पुगेको साडियो मानेले ३१ औं मिनेटमा डेब्यु गोल गरे। त्यस्तै ४५ औं मिनेटमा बेन्जामिन पभर्डले गोल गर्दा पहिलो हाफमा बार्यन तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा लाइप्जिगले खाता खोल्यो। खेलको ५९ औं मिनेटमा मार्सेल हलस्टेनबर्गले खाता खोलेका थिए। तर ६५ औं मिनेटमा सर्ज गनब्रीले गोल थप्दै गोलअन्तर फेरि बढाए। ७७ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै क्रिस्टोफर एनकुनकुले लाइप्जिगका लागि दोस्रो गोल गरे। त्यस्तै ८९ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दा लाइप्जिग बार्यनसँग गोलअन्तर घट्यो। तर, इन्ज्युरी समयमा लेरोए सानेले बायर्नका लागि गोल थपेसँग बायर्न ५-३ गोलअन्तरले विजयी भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell