PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आजको मौसम : अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना

काठमाडौं : आज दिनभर देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमार्फत महाशाखाले हाल मनसुनको न्यून चापीय रेखापश्चिममा सरदर स्थानको आसपासमा रहेको र पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको हो। जसकारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १ का थोरै स्थानहरूमा र वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell