PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना संक्रमण, ६ दिनअघिमात्रै भएका थिए संक्रमण मुक्त



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना संक्रमण, ६ दिनअघिमात्रै भएका थिए संक्रमण मुक्त
Photo : Forbes

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ। यसअघि जुलाई २१ मा उनमा संक्रमण देखिएको थियो। गत मंगलवार बाइडेन संक्रमण मुक्त भएको ह्वाइट हाउसले जनाएको थियो। त्यसपछि बुधवार, बिहीवार र शुक्रवार लगातार उनको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको थियो। शनिवार बिहान गरिएको परीक्षणको रिपोर्ट अनुसार उनमा फेरि संक्रमण देखिएको हो।

बाइडेनमा फेरि कोरोनाको सामान्य लक्षण देखिएको थियो। परीक्षणमा उनमा फेरि कोभिड १९ संक्रमण पुष्टि भएको थियो। अहिले भने बाइडेनमा ‘रिबाउन्ड इन्फेक्सन’ भएको उनका निजी चिकित्सकहरुले बताएका छन्। बाइडेनलाई संक्रमित भएपछि ‘पैक्सलोविड’ नाम गरेको एन्टीभाइल दिइएको थियो। यो एन्टीभाइरल प्रयोग गर्ने थौरै व्यक्तिमा फेरि संक्रमण देखिने चिकित्सकहरुले बताएका छन्।

हाल बाइडेनमा कुनै लक्षण नभएको र उनको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ। उनलाई थप उपचारको आवश्यक्ता नपर्ने चिकित्सकहरुले बताएका छन्।  यद्यपि, उनी आइसोलेसनमा भने बस्ने ह्वाइट हाउसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell