PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

दुई वर्षपछिको सबै भन्दा बढी म्याग्नेच्युडको भूकम्प : केन्द्रविन्दु मापन गरिएको खोटाङबाट अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन



पहिलोपोस्ट

दुई वर्षपछिको सबै भन्दा बढी म्याग्नेच्युडको भूकम्प : केन्द्रविन्दु मापन गरिएको खोटाङबाट अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन

काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।

धरै समयपछिको अन्तरालमा नेपाल सबैभन्दा धेरै मापन भएको म्याग्नेच्युडको भूकम्प हो। २०७८ जेठ ५ गते लम्जुङमा ५ दशमलव ८ रेक्टरको भुकम्प गएको थियो। २०७७ भदौ ३१ गते सिन्धुपाल्चोकमा ६ रेक्टरको भुकम्प गएको थियो।

कतिपयले आजको भूकम्पबाट केही ठाउँमा क्षति भएको अनुमान पनि गरेका छन्। तर, भूकम्पको मापन गरिएको केन्द्र खोटाङमा भने अहिलेसम्म कुनै पनि क्षति भएको जानकारी आएको छैन।

'अहिलेसम्म कुनै ठाउँमा क्षति वा कुनै किसिमको उद्धार गर्नुपर्‍यो भनेर हामीलाई जानकारी आएको छैन,' जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख उमेश लम्सालले भने।

भूकम्पको धक्का मधेश प्रदेश र वाग्मती प्रदेशको काठमाडौंसम्म महसुस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell