PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

‘फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलिया प्रिमियरबाट सकरात्मक प्रतिक्रिया आयो’



पहिलोपोस्ट

‘फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलिया प्रिमियरबाट सकरात्मक प्रतिक्रिया आयो’

काठमाडौं : निर्देशक शोभित बस्नेतले फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलियामा भएको प्रिमियर शोबाट सकरात्मक प्रतिक्रिया मिलेको बताएका छन्। फिल्म ‘बद्री बहादुर’को शनिवार अस्ट्रेलियाको सिड्नी शहरमा प्रिमियर गरिएको थियो।

फिल्मको सिड्नी प्रिमियरको व्यवस्थापन मेगा इभेन्ट र रुक्सल प्रजापतिले गरेका हुन्। अस्ट्रेलियाका ३ शहरमा समेत शो गरिनेछ। नेपालअघि विदेशबाट प्रदर्शनको सुरुवात गरेको निर्देशक बस्नेतले बताए।

एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे हुन्। संचारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्।

अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत धिरेन शाक्य लगायतको अभिनय रहेको छ।

कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell