PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक ट्राफिक प्रहरीको कारबाहीमा



पहिलोपोस्ट

मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं : मादक पदार्थ सेवन गरेर स्कुलको बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान गरेको चेकिङका क्रममा केही स्कुलका बसहरुमा चालकले मापसे गरेर चलाएको भेटिएको हो।

साउन ८ गते स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सुरु गरेको थियो। आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको थियो।

स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell