PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकविरुद्ध धर्ना

संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकविरुद्ध धर्ना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा आज धर्ना दिएका छन्।

आज माइतीघरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिइएको हो।

धर्नामा सहभागीहरुले ‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन’, ‘पीडितलाई न्याय सुनिश्चित गर, पीडकलाई कारबाही गर’, ‘पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर’ लगायत लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell