A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6aae501a5d1d17.02836021): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6aae501a5d1d17.02836021,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?
PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?



पहिलोपोस्ट

 शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?
REUTERS

पपस्टार शकिरालाई आठ वर्ष जेल सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ। स्पेनमा १४.५ मिलियन कर छली गरेको आरोपमा शकिराविरूद्ध स्पेनी अभियोजनकर्ताले आठ वर्ष जेल सजायसहित जरिवाना तिर्नुपर्ने माग गरेको हो।

शकिरालाई सन् २०१२ र २०१४ को बिचमा कर नतिरेको आरोप छ। यही मुद्दा बन्द गर्न अभियोजनकर्ताको कार्यालयबाट शकिरालाई सम्झौता प्रस्ताव गएको थियो। तर, शकिराले उक्त सम्झौता प्रस्तावलाई अस्विकार गरेकी थिइन्।

स्पेनमा ६ वर्षभन्दा बढी बस्नेले कर तिर्नुपर्ने कानुन छ। तर उक्त समयमा आफू स्पेनमा धेरै समय नबसेको शकिराको दाबी छ।

‘उनी आफू निर्दोष हुने कुरामा पूर्ण विश्वस्त छिन्। यो मुद्दालाई उनी आफ्नो अधिकार उल्लंघनको रुपमा हेर्छिन्,’ शकिराका प्रतिनिधिको बयानमा उल्लेख छ।

अभियोजनकर्ताको कागजातमा शकिरा २०१२ र २०१४ को बिचमा स्पेनमा बसेकी थिइन्। मे २०१२ मा बार्सिलोनामा उनले एउटा घर किनेकी थिइन्। जुन घर उनी, उनका श्रीमान र २०१३ मा स्पेनमा जन्मेका छोराको लागि पारिवारिक घर बन्यो। गत जुनमा शकिरा र उनका श्रीमान जेरार्ड पिकेले सम्बन्धबिच्छेद गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell