PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, तत्काल निर्माण प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव



पहिलोपोस्ट

श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, तत्काल निर्माण प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव
फोटो : मन्त्री कुँवरको सचिवालय

काठमाडौं : श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले अस्पताल निर्माणका लागि २० अर्ब लागत लाग्ने सुझाव दिएको छ। अस्पतालका लागि तत्काल १० बिघाह जग्गा र दीर्घकालका लागि २५ बिघाह जग्गा आवश्यक पर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

आइतवार श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई बुझाइएको ३५ पेजको प्रतिवेदनमा १३ वटा सुझाव उल्लेख छ। '५ सयदेखि १ हजार बेड भएको अस्तपाल निमार्णका लागि १० बिगाह जग्गा आवश्यक पर्ने भए पनि दीर्घकालिनसम्मको लागि २५ बिगाहसम्म जग्गा उपयुक्त हुने कार्यदलको ठहर छ। तर, जग्गाकै कारण निमार्ण कार्य रोक्न नहुने र अहिलेलाई ५ बिगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निमार्ण कार्य सुरु गर्नु पर्ने कार्यदलले सुझाबमा पेश गरेको छ,' कुँवरको सचिवालयले भनेको छ।

चाँडै अस्पताल निमार्ण कार्य अगाडि बढाउनु उपयुक्त हुने कार्यदलका संयोजक एंव श्रम मन्त्रालयका सहसचिव दिपक काफ्लेले बताए। श्रमिक अस्पताल विकास परियोजना कार्यालय स्थापना गरी कार्यसम्पादन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ। 

२०७८ फागुन ५ को मन्त्रिपरिषद् बैठकले श्रमिक अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो। कार्यान्वयन प्रक्रिया अगाडि कसरी बढाउने भन्नेबारेमा श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell