PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त



पहिलोपोस्ट

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई मन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकिएको जानकारी दिएको छ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा जनार्दन  शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। त्यसपछि गठन भएको संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई 'क्लिन चिट' दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell