काठमाडौं : तीजलाई लक्षित गर्दै तीज विशेष गीत आउने क्रम बढ्दो छ। शान्तिश्री परियारको स्वरमा ‘छम्म छम्म नाचौँ न’ बोलको तीज गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीता अधिकारीको शब्द रहेको गीतमा शान्तिश्रीका साथै सारिका घिमिरेको स्वर सुन्न सकिन्छ। गीतमा योगेश काजीको संगीत र एरेञ्ज रहेको छ।
नारायण रिजालको निर्देशन रहेको तीज गीतको भिडियोमा सात दिदीबहिनीको कथा बुनिएको छ। राहुल राईको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन रहेको छ।
गीतको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन्।