PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै ओलीको आक्रोश



पहिलोपोस्ट

संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै ओलीको आक्रोश
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गरे।

साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा उनले अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेजनै गायव गरिएको दावी समेत गरे।

अध्यक्ष ओलीले भने, ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायव। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाईने। कल डिटेल हेर्न चाँही पाईदैन।’

अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोड्ने काम गरिरहेको स्मरण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell