PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

साफ यू २० च्याम्पियनसिपः भारतसँग नेपालको लज्जास्पद हार, ८-० गोल अन्तरले पराजित



पहिलोपोस्ट

साफ यू २० च्याम्पियनसिपः भारतसँग नेपालको लज्जास्पद हार,  ८-० गोल अन्तरले पराजित
Photo: Indian Football Team

काठमाडौं: साफ यू २० च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ८-० गोलको फराकिलो हार ब्यहोरेको हो।

खेलको ३२ औं मिनेटमा टाइसन सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। पहिलो हाफमा भारत एक गोलले अघि रहे पनि नेपाली टोलीले राम्रै चुनौती दिएको थियो। दोस्रो हाफमा भने नेपालको खेल सुरुबाट खस्कियो। खेलको ५० औं मिनेटमा पार्थिब सुन्दरले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्को अर्को मिनेट नबित्दै उनैले गोल थपे। त्यस्तै ६६ औं मिनेटमा टाइसन सिंहले गोल थप्दा ७१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हिमांसु जागराले गोल गरे। त्यस्तै टंकदर बगले ७८, ९० औं मिनेटमा गुरकिरत र इन्ज्युरी समयमा फेरि शुभोले गोल गर्दा भारतले ८-० को फराकिलो जित निकाल्न सफल भयो।

जितसँगै तीन खेलबाट दोस्रो जित निकालेको भारत र नेपालको समान ६ अंक छ भने लगातार तीन खेलमा जित निकालेको बंगलादेश ९ अंक जोड्दै शीर्षस्थानमा छ। आजको पहिलो खेलमा बराबरी खेलेका श्रीलंका र माल्दिभ्स फाइनलको होडबाट बाहिरिसकेका छन्। नेपालले अब बंगलादेशसँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell