PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

अमेरिकी अभिनेत्री निचेलको निधन



पहिलोपोस्ट

अमेरिकी अभिनेत्री निचेलको निधन

अमेरिकी अभिनेत्री निचेल निकोलसको निधन भएको छ। सन् १९६० मा निर्माण भएको साइन्टिफिक फिक्सन टिभी सिरिज ‘स्टार ट्रेक’मा गरेको अभिनयबाट प्रख्यात भएकी निकोलसको ८९ वर्षको उमेरमा निधन भएको हो।

त्यसबेला उनले विद्यमान सोचहरुलाई तोड्दै सिरिजमा लेफटिनेन्ट न्योता उहुराको भूमिका निर्वाह गरेकी थिइन्। उनी अमेरिकामा यसरी अभिनय गर्ने पहिलो अश्वेत महिला कलाकार हुन्।

पछि उने नासामा काम गर्न सुरु गरेकी थिइन्। महिला र अफ्रिकन-अमेरिकन्सलाई अन्तरिक्षयात्री बन्न प्रेरित गर्न नासाले उनलाई काम दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell