PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा



पहिलोपोस्ट

न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा
FILE PHOTO : REUTERS

न्यूजिल्याण्डले आफ्नो सीमा पर्यटकहरुका लागि पूर्ण रुपमा खुला गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि न्यूजिल्याण्डले सबैभन्दा कडा सीमा कानुन ल्याएको थियो।

फेब्रुअरीदेखि न्यूजिल्याण्डले आफ्ना नागरिकका लागि सीमा खुला गरेको थियो। मे महिनामा ५० भन्दा बढी देशबाट आउने पर्यटकका लागि न्यूजिल्याण्डले आफ्नो सीमा खुला गरेको थियो। अन्तिम सीमा प्रतिबन्ध आइतबार मध्यरातबाट समाप्त भएको अधिकारीहरुले जनाएका छन्। यससँगै न्यूजिल्याण्ड प्रवेशका लागि लागू सबै सबै नियम अन्त्य भएको छ।

भिसा छूट नभएका देशहरूका पर्यटकहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, र क्रूज जहाजहरूलाई अब न्यूजिल्याण्डले प्रवेश गर्न अनुमति दिएको हो। यद्यपि, न्यूजिल्याण्ड प्रवेशका लागि कोभिड-१९ विरुद्ध खोप अनिवार्य लगाएको हुनुपर्छ। साथै, न्यूजिल्याण्ड पुगेपछि दुईपटक कोरोना परीक्षण समेत गराउन पर्छ। क्वारेन्टाइन भने बस्न नपर्ने अधिकारीहरुले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell