PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु



पहिलोपोस्ट

पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु

काठमाडौंः पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिगोपाटन, पधेंरोबस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई घरको कोठा भत्किएर घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पहिरोले घर भत्किएको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुग्दा कोठामा डेरा गरी बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला,तातोपानी घर भएकी वर्ष २७ की सुनिता सुनार घाइते अवस्थामा उद्धार गरी थियो। त्यस्तै उनकी १० वर्षीया छोरी की सुनारको सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

तर सुनिताका भाइ २६ वर्षीय सन्तोष सुनार पहिरोले पुरिएको अवस्थामा उद्धार गरी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell