PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

ह्विलचेयरबाटै आफ्नो सपना पूरा गर्दै चीनकी चेन्लिन, बालबालिकालाई सिकाउँदैछिन् नृत्य



पहिलोपोस्ट

ह्विलचेयरबाटै आफ्नो सपना पूरा गर्दै चीनकी चेन्लिन, बालबालिकालाई सिकाउँदैछिन् नृत्य
सबै तस्विर : People's Daily China

३५ वर्षीया हङ चेन्लिन १० वर्षदेखि ‘हाई प्याराप्लेजिया’बाट पीडित छिन्। कार दुर्घटनामा परेसँगै उनी ह्विलचेयर बिना हिँड्डुल गर्न सक्दिनन्। यद्यपि, शारीरिक असुविधालाई देखाएर उनले आफ्नो नृत्य गर्ने सपनाहरू पछ्याउन छाडेकी छैनन्।

ह्विलचेयरमा बसेर नृत्य सिकाउँदै गरेका तस्विर अहिले चीनमा चर्चित भइरहेको छ। यसरी नृत्य गर्दैगर्दा आफूमा थप आत्मविश्वासको भावना विकास भएको उनी बताउँछिन्।

सन् २०२२ को अप्रिलमा हङ चेन्लिनले पूर्वी चीनको आन्हुइ प्रान्तको टोङ्लिङ शहरको एउटा नृत्य विद्यालयमा शिक्षण सहायकको रूपमा काम गर्न थालेकी छिन्। आफ्नो नृत्य कौशलले उनले सबैलाई प्रभावित बनाएकी छिन्। जसबाट बालबालिकाहरूमा आशावादी मनोवृत्ति विकास भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell