PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै



पहिलोपोस्ट

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ। यसैबिच, निर्माता/निर्देशक सन्तोष सेनले हिन्दी भाषामा रिलिज हुने
फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन्।

यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते भारतमा प्रदर्शन हुने पक्का भएको हो। अब यो फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ।

साथै, हिन्दी भाषामा रिलिज हुने फिल्मको टाइटल समेत परिवर्तन गरिएको छ। यसअघि ‘विश्वजितम’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइएपनि अहिले भने फिल्मको टाइटल ‘प्रेमगीत ३’ नै राखिएको छ।

जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर प्रदर्शन गर्न लागेका हुन्। यो फिल्म हल रिलिज भएको आठ हप्तापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुनेछ।

स्वर्गीय छेतन गुरुङ र सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell