PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

स्रोत नखुलेको रकम सहित एक जना समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

१५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट नगद फेला पारी पक्राउ गरेको हो।

आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell