काठमाडौं : शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को मञ्चन अवधि थपिएको छ। दर्शकको मागअनुसार नाटक मञ्चनको समय एक साता थपेको नाटकका निर्देशक तथा लेखक घिमिरे युवराजले जानकारी दिए।
साउन १ गतेदेखि मञ्चन भएको नाटक साउन १५ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर एकसाता समय थप गरेसँगै यो नाटक साउन २१ गतेसम्म देखाइनेछ।
प्राकृतिक स्रोतको विनाश गर्दा त्यसबाट भोग्नुपरेको प्राकृतिक प्रकोप र विपतलाई नाटकमा देखाइएको छ। नाटकले मानवलाई मात्रै नभई नदी र जीवजन्तुको भोगाई र अनुभव पनि समेटेको छ।
युवराज र अमजद प्रवेजको लेखन र निर्देशनमा तयार भएको नाटकमा अनुप तिमिल्सिना र स्मारिका फुँयालको गीतरसंगीत रहेको छ। त्यसैगरि, नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बि।सी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लोहार र ज्याक बरालको अभिनय छ।