PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी



पहिलोपोस्ट

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी
फाइल फोटो

काठमाडौं : काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो।

प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ।

परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए।  

चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो। विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ। घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनायो। 

मृतक श्रीमानश्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी बोहराले बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell