
काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो।
घटनास्थलमा प्रहरीले ५ पन्ने सुसाइड नोट फेला परेको जनाएको छ। दिनेश पाण्डे परिवारको चारै जनाको शव विभत्स रुपमा चक्कु प्रहार गरेको अवस्थामा भेटिएको प्रहरीले जनायो।
एउटा कोठामा तीन जनाको शव भेटिएको छ भने दिनेशको शव अर्को कोठामा भेटिएको छ।
पाण्डेकी श्रीमतीको हालै बेलायतको लागि भिसा लागेको पासपोर्टसमेत भेटिएको प्रहरीले जनायो।
प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वको टोली र अपराध महाशाखाको टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको परिसरका एसएसपी भरत बोहराले बताए।