PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ट्राफिक प्रहरीको कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ट्रक : २ करोड राजस्व सङ्कलन



पहिलोपोस्ट

ट्राफिक प्रहरीको कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ट्रक : २ करोड राजस्व सङ्कलन
फाइल फोटो

हेटौंडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनायो।

कार्यालयले गत आर्थिक वर्षमा ३० हजार ३ सय २७ वटा सवारी साधनलाई विभिन्न समयमा गरेको नियमित तथा छड्के जाँच गरी कारबाही गरेको थियो। ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक रहेका छन्। कार्यालयले गत आर्थिक वर्षमा ९ हजार २ सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यस्तै, कार्यालयले ५ हजार ८ सय ६७ कार र जिपलाई कारबाही गरी ४५ लाख २३ हजार ५०० रुपैयाँ, १ हजार ५४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार ५०० रुपैयाँ र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell