PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो।

र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ सुन्धारा, ट्रेड युनियन महासंघ न्युरोडमा भेला भई बसन्तपुर पुगेको थियो।

प्रदर्शनमा एमाले निकट विभिन्न जनवर्गीय संगठनहरुको उपस्थिति थियो। सो क्रममा प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell