PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!



सविन ढकाल

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको शव फेला परेको हो।

बिहान विद्यालय जाने समयमा छोरी घरबाट बाहिर ननिस्किएपछि सोधखोज गर्दा उनीहरु मृत भेटिएका थिए। पदमसालस्थित एक तले घरमा घरधनी दिनेश पाण्डेको छोरी ८ बजे विद्यालय जानु पर्नेमा नआएकोले छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको, घरबाट आवाज नआएको भनी सूचना प्राप्‍त भएको प्रहरीले जनाएको छ।

त्यसलगत्तै घटनास्थलमा प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। त्यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो।

श्रीमती र छोराछोरीको हत्या, त्यसपछि आत्महत्या !

घटनास्थलमा चारै जनाको शव विभत्स अवस्थामा भेटिएको प्रहरील जनाएको छ। श्रीमती सुनिता र छोराछोरी आशिक र आशिका एकै कोठामा मृत भेटिएका थिए। उनीहरु तीनै जनाको शरीरमा धारिलो हतियार प्रयोग गरिएको भेटिएको प्रहरीले जनायो।

शिक्षण अस्पतालका फरेन्सिक प्रमुख डा गोपाल चौधरीको टोली घटनास्थलमा पुगेको थियो। डा चौधरीले प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या भएको बताएका छन्। पहिले श्रीमती र छोराछोरिको हत्यापछि दिनेशले झुन्डिएर आत्महत्या गर्न खोजेको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

घरभित्र चुकुल लक भएको, छोराछोरी र श्रीमतीको शरीरमा धारिलो हतियार लागेकोले प्रारम्भिक अनुसन्धानमा दिनेशले नै उनीहरुको हत्या गरेको आशंका प्रहरीले गरेको छ। छोराछोरीको शव खाटमा र श्रीमतीको शव भुईँमा लडेको अवस्थामा भेटिएको थियो।

दिनेश र सुनिताबिच पटकपटक विवाद हुँदै आएको र मेलमिलाप पनि भएको प्रहरीले जनाएको छ।

सुनिता बेलायत जाने तयारीमा

प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल संचालन गर्थिन् भने दिनेश मोबाइल पसल संचालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि मात्रै स्वेदश फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। यता सुनिता भने बेलायत जाने तयारीमा थिइन्। उनको बेलायत जानका लागि सिजनल भिसा लागेको खुलेको छ।

घटनास्थलमा सुसाइड नोट फेला

घटनास्थलमा प्रहरीले ५ पन्ने सुसाइड नोट फेला परेको जनाएको छ। दिनेश पाण्डे परिवारको चारै जनाको शव विभत्स रुपमा चक्कु प्रहार गरेको अवस्थामा भेटिएको प्रहरीले जनायो।

एउटा कोठामा तीन जनाको शव भेटिएको छ भने दिनेशको शव अर्को कोठामा भेटिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको परिसरका एसएसपी भरत बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell