PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकै दिन थपिए ८ सय ९५ कोरोना संक्रमित, एक जनाको मृत्यु



पहिलोपोस्ट

एकै दिन थपिए ८ सय ९५ कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ९०९ जनामा परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ६४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ।

२४ घण्टाको अवधिमा देशभर संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell